BREAKING NEWS

सुनको कमिज (फोटो फिचरसहित)

भारतको महाराष्ट्रका एक व्यापारिले सुनको कमिज बनाएर लगाएका छन् । सानैदेखि सुनमा विशेष क्रेज भएका दत्ता फुगे नाम गरेका ति व्यापारिले १ करोड २७ लाख भारतीय रुपैया अर्थात् २ लाख ४० हजार अमेरिकी डलर तथा २ करोड ३ लाख २० हजार नेपाली रुपैयामा उक्त कमिज तयार गरेका हुन् । दत्ताले उक्त कमिजमा २२ क्यारेटको सुनको १४ हजार टुक्रा प्रयोग गरेका छन् । यो कमिज तयार गर्न १५ जना कालिगढलाई १६ दिन लागेको थियो । ४२ वर्षिय फुगेले आफ्ना गहना व्यापारी साथीसग मिलेर सुनको कमिज तयार गर्ने योजना बनाएका थिए । फुगेको कमिजमा टाकको सट्टामा छ वटा पत्थर जडान गरिएको छ र एउटा कमिज जस्तै सुनको पेटी पनि तयार गरेका छन् । उनको यो कमिज ३.३२ किलोग्रामको रहेकोले विश्वमै अनौठो काम गरेको दाबी गर्दै गिनीज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गरिदिन आग्रह समेत गरेका छन् ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes