२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

चिउँडो नभएकी टुहुरी बालिकाको पीडा

मेनुका ढुंगाना

अछाम — मुखको माथी र तल पट्टीको दुबै ओठ छन् । दाँत पनि दुबै तिरका छन् । जिब्रो पनि पुरै छ । तरपनि १५ वर्षिया पार्वती भण्डारीको मुख पुरै खुल्दैन । तल पट्टीको दाँत पुरै भित्र छिरेका छन्भने माथी पट्टीको दात पुरै बाहिर निस्केका छन् । माथि पट्टीबाट गिंजामा थप दाँत निस्केका छन् ।

चिउँडो नभएकी टुहुरी बालिकाको पीडा

माथि पट्टी भित्रबाट निस्केका दाँता र तल पट्टीका दाँत पुरै ख्वाप्प मिलेका छन् । उनी मुख पुरै खोल्न चाहन्छन् तर मुख सामान्य पनि खुल्दैन । मुखमा हुनुपर्ने सबै भाग भए पनि चिउँडो नहुँदा पार्वतीले यो समस्या भोग्नु परेको हो । 

मंगलसैन नगरपालिका–६ जनालीवण्डालीकी पार्वतीको उक्त समस्या कुनै दुर्घटनामा परेर नभएर जन्मजात समस्या हो । मुख सामान्य रुपमा पनि नखुल्दा उनलाई खाना खान र बोल्न निकै समस्या भइरहेको छ । ‘मुख पुरै खोलेर ह.. गर्न खोज्छु कहिलै पनि खुल्दैन’स्पस्ट नबुझिने आवाजमा पार्वतीले भनिन्– ‘मुख सामान्य पनि नखुल्दा खाना खान निकै समस्या भइरहेको छ ।’ उनीको मुख सामान्य मानिसको सरह करिव १० प्रतिशत जति पनि खुल्दैन । त्यसै कारणले उनी भात रोटी र अन्य कुनै बस्तु सजिलै खान सक्दैनन् । ‘खाना खानलाई निकै दु:ख हुन्छ’ पार्वतीले भनिन्–‘भात, रोटीलाई मिचेर झोल बनाएर चम्चाले थोरै थोरै गरेर खान्छु ।’गेडागुडी, माछामासु र फलफुलको स्वाद नै कस्तो हुन्छ भन्ने उनलाई अनुभव नै छैन ।

झोलिलो पदार्थ पनि चम्चाले खान खोज्दा पनि मुस्किलले थोरै मात्रा मुखभित्र जाने गरेको उनले सुनाईन् । चिउँडो नहुँदा मुख पुरै नखुल्ने भएकै कारणले उनलाई स्पस्ट रुपमा बोल्न पनि आउँदैन । स्पस्ट बोल्न नआएकै कारणले उनले पढाईमा पनि समस्या भोगिरहेकी छिन् ।

जन्मेदेखि नै राम्रोसँग आमाको दुध चुस्न नसकेको भएपनि घरको आर्थिक अवस्थाले गर्दा उपचार गर्न बाहिर कतै लाँन नसकिएको आमा बासुले बताईन । जिल्ला भित्र त्यस्तो उपचार गर्न सुबिधा नभएको र बाहिर उपचारका लागि लग्न आफूहरुसँग आर्थिक अवस्था कम्जोर भएकाले पार्वतीको मुखको उपचार गर्न नसकिएको आमाले सुनाईन् । आफू भारतमा गएर पैसा कमाउने र पछि उतै लगेर छोरीको उपचार गर्ने योजना बनाएका उनका बुबा देबिराम भण्डारी भारतबाट आफै बिरामी भएर फर्किए । फर्केलगत्तै उनको ज्यान पनि गयो । एकातर्फ घरको आर्थिक अवस्था कम्जोर त्यसैमा पतिको ज्यान गएपछि तीन छोरा छोरीको लालनपालन र शिक्षादिक्षाको खर्च जुटाउन बासुले निकै दु:ख भोग्नु परेको सुनाईन् ।

सदरमुकाम मंगलसैनमा बसेको स्वास्थ्य शिविरमा डाक्टरले पार्वतीको मुखको शल्यक्रिया गर्नुपर्ने र त्यो काम धुलिखेल अस्पतालमा हुने भएकाले त्यैतै जान सल्लाह दिएका थिए । डाक्टरले दिएको सल्लाह अनुसार छोरीको मुखको शल्यक्रिया गरेर पुरै खुल्ने अवस्थामा बनाउने बासुको इच्छा त छ तर त्यसका लागि डाक्टरले चाहिने भनेको दई लाख रुपौयाँको जोहो गर्न सक्ने उनीसँग कुनै आधार छैन । ‘छोरीको मुख राम्रो बनाउने मेरो इच्छा त छ तर त्यसका लागि कहाँबाट दुई लाख रुपैया ल्याउ?’ बासुले भनिन्–‘कुनै निकायले सहयोग गरिदिए हुने थियो ।’

प्रकाशित : आश्विन १०, २०७३ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?