भारतीय दूतावासभित्र आत्महत्या गर्ने दिपकको चिउँडो उड्यो

भारतीय दूतावासभित्र आत्महत्या गर्ने दिपकको चिउँडो उड्यो

हिजो बिहान लैनचौरस्थिच भारतीय दूतावासमा एक जनाले आत्महत्या गरे । त्यसरी आत्महत्या गर्ने दूतावासभित्रैका सुरक्षाकर्मी दिपक सिंह हुन् । ड्युटीमा रहेका ३२ वर्षे दिपकले आफैँले बोकेको एसएलआर आफ्नै अनुहारतर्फ सोझ्याएपछि अपृय घटना भएको सुरक्षा स्रोतले बताएको छ ।

भारतको उत्तराखण्ड घर भएका सिंहले बिहान ७ बजेतिर आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् । आफ्नै अनुहारमा ताकेर गोली चलाउँदा उनको चिउँडोभन्दा माथिल्लो भाग उडेको बताइन्छ । तत्काल भुईंमा लडेका उनी त्यहिँ बितेका हुन् ।

पोष्टमार्टममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले उनको मृत्यु गोली लागेर अर्थात् बुलेट इन्जुरीबाट भएको रिपोर्ट दिएको बताइन्छ ।

टिप्पणीहरू